काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ५७ हजार १९२ कित्ता संस्थापक सेयर आज (पुस २८ गते) देखि लिलामीमा बिक्री खुला भएको छ । बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार १९२ कित्ता संस्थापक सेयर बिक्री खुला भएको हो ।
लगानीकर्ताले यसमा माघ ५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् भने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३८७ रुपैयाँ ३० पैसा तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिने कम्पनीले जनाएको छ ।
यस्तै एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली काठमाडौं तथा यसका विराटनगर, वीरगंज, बुटवल, पोखरा, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्