Skip to content
LAXMI SUNRISE BANK

राजस्व छलीको आशंकामा २ फर्मलाई राजस्व अनुसन्धानले दियो सात दिनभित्र उपस्थित हुन निर्देशन

अर्थ सरोकार

काठमाडौं । राजस्व अनुसन्धान विभागले २ व्यावसायिक फर्मलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।विभागले राजस्व छलीको आशंकामा एचबी ट्रेड एण्ड सप्लायर्स र गणपति ट्रेड लिंक्सलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।
सप्लायर्सका सञ्चालक बिमल अग्रवाल र लिंक्सका दिपेन्द्र कुमार अग्रवाल रहेका छन्। यी दुई संस्थाविरुद्ध विभागले राजस्व छली गरेको आशंकामा अनुसान्धान अघि बढाइरहेको छ । विभागले हाल दुवै कम्पनीका संचालक सम्पर्कमा नआएको जनाएको छ । तोकिएको ७ दिनमा पनि विभागको सम्पर्कमा नआए कतै उजुर वाजुर नलाग्ने उल्लेख छ।
यी फर्मविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम मुद्दा अघि बढ्नेछ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK