काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले डोको बु्न्दै नुवाकोटका किसानदेखि व्यावसायिक कुखुरापालन गर्दै चन्द्रौटाका स्थानीयवासीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–ं ११ तिगाउँमा ढोको बु्न्दै स्थानीयवासी ।
शिवराज नगरपालिका –१ का धर्म कुँवर दम्पतीले व्यावसायिक रूपमा गरेको स्थानीय जातका कुखुरापालन । उहाँले स्थानीय एक व्यक्तिको १७ कट्ठा जग्गा वार्षिक रु ३० हजारमा भाडामा लिई एक हजार ६०० कुखुरा र ३०० वटा बट्टाई पालन गर्दै आउनु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा देखिएको मयूर ।
बागलुङ बजारस्थित ट्राफिक चोकमा रहेको ऐश्वर्य पार्क पुनःनिर्माण गरिँदै । बागलुङ नगरपालिकाले रु ९० लाखको लागतमा जीर्ण बनेको ऐश्वर्य पार्क पुनःनिर्माण गर्न थालिएको छ ।
बेलडाँडी गाउँपालिकाको चवन्नी क्षेत्रमा देखापरेको लोपोन्मुख प्रजातिको सारस चरा ।
नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका-३ दाम्गैमा अर्गानिक कृषि फममा गेलभेँडा खेती ।