×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकले वैदेशिक रोजगारबाट फर्केका युवालाई १० लाखसम्मकाे सहुलियतपुर्ण कर्जा दिने

LAXMI SUNRISE BANK
GLOBAL

सिटिजन्स बैंकले वैदेशिक रोजगारबाट फर्केका युवालाई १० लाखसम्मकाे सहुलियतपुर्ण कर्जा दिने

१६ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंकले वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा दिने भएको हो ।
बिहिबार बैंक र रिटर्नी माइग्रेन्ट नेपालाबीच वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापछि बैंकले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलार्ई १० लाखसम्म कर्जा सहुलियतपूर्ण दरमा प्रदान गर्ने जनाएको छ । 
विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उदेश्यका साथ बैंकले उक्त सम्झौता गरेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी