काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले काउली बेच्नका लागि डोकोमा राख्दै कञ्चनपुरका किसानदेखि व्यादाउरा बोकेर सभा खोला तर्दै सङ्खुवासभाका महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
शुक्लाफाँटा नगरपालिका ३ का किसान महिला बारीमा उत्पादित काउली बेच्नका लागि डोकोमा राख्दै । काउलीलगायत तरकारी उत्पादनका लागि यो क्षेत्र अग्रणी रहेको छ ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका– ९ बोहोराटारबासी दाउरा बोकेर सभा खोला तर्दै ।
बैतडीको पाटनमा किसानले गरेको गहुँखेती । पाटनमा अन्नबाली राम्रो उत्पादन हुन्छ ।
तनहुँको भानु नगरपालिका–९, पुर्कोटस्थित तोरीबाली । जिल्लाका विभिन्न भागमा यतिबेला तोरी फुलेर पहेंपुर भएको छ ।
स्थानीयबासीको सहयोगमा रुपन्देहीको मर्चवारी माई मन्दिर अगाडि निर्माण गरिएको हनुमानको २५ फिट अग्लो मूर्ति ।
बागलुङ नगरपालिका–१ रामरेखाबाट देखिएको धौलागिरि हिमाल । मौसम मा परिवर्तन आएसँगै धौलागिरि हिमाल खुलेको छ ।