काठमाडौँ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा प्राविधिक समस्या भएपछि पुनः काठमाडौं फर्काइएको छ । एयरलाइन्सको एक बीचक्राफ्ट जहाजमा प्राविधिक समस्या देखिएपछि सात मिनेटमै पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै फर्किएको छ ।
आइतवार बिहान साढे १० बजे पोखरा उडेको यो जहाजमा साढे तीन मिनेटमै प्राविधिक समस्या देखिएको थियो । उडेको पाँच मिनेटमै ढोका नलागेको जानकारी प्राप्त हुनासाथ विमानस्थलमै फिर्ता गरिएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक भोला गुरागाइँका अनुसार बिहान पोखराका लागि उडेको जहाजको तत्कालै ढोका नलागेको इन्डिकेसन भएपछि काठमाडौं विमानस्थलमा फर्काएर अहिले चेकजाँच भइरहेको जानकारी छ ।
उनका अनुसार जहाज उडेको ७ मिनेटमै पुनः विमानस्थल नै फर्किएको छ । उक्त जहाजको प्राविधिक परीक्षणपछि पुनः उडानयोग्य भएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ । सो जहाजमा प्राविधिक समस्या देखिएपछि गुणकै अर्को जहाजमा ती यात्रुहरुलाई पोखरा पठाउने तयारी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्