काठमाडौं । मल्टीपर्पस फाइनान्सले ७९ हजार १०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७९ हजार १०० कित्ता सेयर बिक्री खुला गरेका छन् ।
संस्थापक दिप नारायण साहले आफ्नो नाममा रहेको ७९ हजार १०० कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, कम्पनीकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र मल्टीपर्पसको प्रधान कार्यालय राजविराज–४, सप्तरीमा निवेदन दिन सक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।