
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सत्तारुढ नेकपाको बैंक खाता लफडाले नयाँ मोड लिएको छ । प्रचण्ड समूहले बैंक खाता रोक्क्का गर्न पत्र काटेकै दिन पार्टीको सुदूरपश्चिमको बैँक खातामा रहेको ३० लाख रुपैयाँ प्रचण्ड–नेपाल समूहले झिकेको छ ।
पार्टी एकतापछि नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा, प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैँकको धनगढी शाखामा रहेको संयुक्त खाताबाट ३० लाख झिकिएको आरोप नेकपा ओली समूहका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले बताए।
‘निकै अपराधिक काम भएको छ। मैले यस्तो अवस्थामा पुगेपछि बैँकका म्यानेजरलाई समेत पैसा निकासा नदिन अनुरोध गरेको थिएँ । तर अहिले बुझ्दा खातामा रहेको ३३ मध्ये ३० लाख त्यहाँबाट झिकिएको छ।’ थापाले अर्थ सरोकारसँग भने, ‘ बैँकका कर्मचारी समेत रकम झिक्ने कार्यमा संलग्नता भएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्