×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुम्लाको गुठीचौरमा पाँच महिनामा करिब चार लाख राजस्व संकलन

PRIME CA
GLOBAL IME BANK

जुम्लाको गुठीचौरमा पाँच महिनामा करिब चार लाख राजस्व संकलन

३ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा करिब चार लाख राजस्व संकलन भएको छ । गुठिचौर गाउँपालिकाका अनुसार तीन लाख ८२ हजार ८६८ संकलन भएको राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताउनुभयो ।

गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व संकलन भएको छ । जसमध्ये गाउँपालिकाबाट एक लाख ७८ हजार ५६६ संकलन भएको छ । वडाबाट एक लाख ९५ हजार ३०२ संकलन भएको छ ।

वडा कार्यालयबाट मालपोत, पञ्जीकरण र सिफारिस शीर्षकबाट राजस्व संकलन  हुने गरेको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले बताए । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले विभिन्न शीर्षकबाट २७ लाख १५ हजार ४०३ राजस्व संकलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: