
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले जाजरकोट सदरमुकामबाट आयोडिनयुक्त नून गाउँ लागिरहेका महिलादेखि बागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने एसियाकै लामो दावी गरिएको झोलुङ्गे पुलमा बिजुली बत्ती जोडेपछि रातको समयमा देखिएको झिलीमिलीसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
जाजरकोट सदरमुकामबाट आयोडिनयुक्त नून गाउँ लगिँदै । पछिल्लो समय ढिके नूनको प्रयोग न्यूनीकरण गरी आयोडिनयुक्त नुनको प्रयोग बढेको छ ।

बागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने एसियाकै लामो दावी गरिएको झोलुङ्गे पुलमा बिजुली बत्ती जोडेपछि रातको समयमा देखिएको झिलीमिली ।

धान्यपूर्णिमाको अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा दर्शन गर्दै भक्तजन । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ मा अवस्थित महादेव मन्दिरमा हरेक वर्ष धान्यपूर्णिमा र फागुपूर्णिमाको अवसरमा विशेष मेला लाग्ने गरेको छ । ‘दुप्चेश्वर क्षेत्र विकास कोष’को अनुसार यो वर्ष दश हजार भक्तजन मन्दिरको दर्शन र मेलामा सहभागी भएका छन् ।

तनहुँको व्यास नगरपालिका–५ शेरास्थित धान खेतनजिक रहेको कुलोमा माछा खोज्दै स्थानीय महिला ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलबाट देखिएको धौलागिरि हिमाल । पुनहिलबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका एक दर्जनभन्दा बढी हिमालको अवलोकन गर्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतद्वारा १४ ग्राम ९७० मिलिग्राम लागु औषधसहित पक्राउ गरिएको वीरेन्द्रनगर नगरपालिका– ८ सुर्खेत बस्ने कौशिला सिंह र शान्ति सिंह (सासु बुहारी) लाई प्रहरीले सार्वजनिक गर्दै ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफार्म नेपालको सहयोगमा कोरोनाका कारण भारतमा रोजगारी गुमेपछि घर फर्किएका नेपाली श्रमिक २० घरपरिवारलाई पाँच वटाका दरले वितरण गरिएको आधुनिक माहुरीका घार घरतर्फ लगिँदै ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल बुधबार ज्यापू संस्कृति विकास कोषद्वारा काठमाडौँमा आयोजित १७औँ राष्ट्रिय ज्यापू दिवस कार्यक्रममा तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु माविका प्रधानाध्यापक रविना महर्जनलाई ज्यापू सरस्वती पदक प्रदान गर्दै ।

ज्यापू संस्कृति विकास कोषद्वारा काठमाडौँमा बुधबार आयोजित १७औँ राष्ट्रिय ज्यापू दिवस कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार ।

काठमाडौँको बबरमहलस्थित पाटी प्यालेसमा बुधबार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्