×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्ध एयरको विमान समयमै ल्यान्ड हुन नसक्दा यात्रु आकाशमै बेहोस

PRIME CA

बुद्ध एयरको विमान समयमै ल्यान्ड हुन नसक्दा यात्रु आकाशमै बेहोस

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडाैंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाजमा यात्रु बेहोस भएका छन् । नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि जहाज अवतरण हुन नसकेपछि एक महिला यात्रु बेहोस भएकी हुन् ।
काठमाडाैंबाट ६९ यात्रु लिएर बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको विमान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने थियो । तर सो विमान ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो ।
सो विमानमा झन्डै पौने घन्टापछि आकाशमै होल्ड भएपछी महिला यात्री बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: