Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई लघुवित्तको जगेडा कोषमा ३६ करोड ५४ लाख रुपैयाँ, खुद नाफा २२.२५% ले बढेर १४ करोड पुग्यो

अर्थ सरोकार

काठमाडौँ ।  ग्लोबल आइएमई लघुवित्तले १४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २२.२५% ले बढाएर १४ करोड रुपैयाँ कमाएको जनाएको हो ।
कम्पनीले गत वर्ष १२ करोड रुपैयाँ नाफा कमाएको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेका छन् । खुद ब्याज आम्दानी ५४.४१% र सञ्चालन नाफा १३.१२% ले बढेको कम्पनीले जनाएको हो ।
यता पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पूँजी ५२ करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा ३६ करोड ५४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी भने १९ रुपैयाँ ६ पैसाले घटेर ५३ रुपैयाँ ५३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ १३ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK