इलाम । यातायात व्यवस्था कार्यालय इलामले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा दुई करोड ९९ लाख ७५ हजार ९५१ राजस्व संकलन गरेको हो ।
चालक अनुमतिपत्र (ड्राइभिङ लाइसन्स) का लागि गएको कात्तिक २७ गतेबाट अनलाइन पारम सुरु भएको हो । त्यसयता बढी राजस्व संकलन सुरु भएको कार्यालयले जनाएको छ । सवारीसाधन करतर्फ दुई करोड ४३ लाख ३८ हजार २०१ सङ्कलन भएको कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिनुभयो ।
त्यस्तै प्रशासनिक दण्डजरिवानातर्फ १० हजार संकलन भएको छ । यातायात क्षेत्रको आम्दानी, रुट पर्मिटबाट ६ लाख ३२ हजार ५० संकलन भएको छ । चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट ४९ लाख ९५ लाख ७०० संकलन गरेको कार्यालयका लेखा प्रमुख प्रदीप नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले सवारी दर्ता किताब, नवीकरणलगायतसमेत राजस्व संकलन भएको छ ।
यातायातसम्बन्धी सम्पूर्ण सेवा सुरु भएसँगै राजस्व संकलन बढ्ने जनाइएको छ । चालक अनुमतिपत्र वितरणसँगै दोब्बर राजस्व सङ्कलन हुने अपेक्षा लिइएको बताइएको छ । इलामबाट नै चालक अनुमतिपत्र वितरण सुरु भएपछि अब बढी राजस्व संकलन हुने अपेक्षा गरिएको कार्यालयका लेखा प्रमुख नेपालले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा चालक अनुमतिपत्रका लागि इलामसहित झापा, पाँचथर, ताप्लेजुङलगायतबाट समेत सेवाग्राही आउन थालेका छन् ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्