×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात व्यवस्था कार्यालय धनुषाले गर्यो २९ करोड राजस्व संकलन

PRIME CA

यातायात व्यवस्था कार्यालय धनुषाले गर्यो २९ करोड राजस्व संकलन

१२ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

जनकपुर । यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८/७९ को ६ महिनामा २८ करोड ९३ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व संकलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । चालु आवको ६ महिनामा सवारी करबाट २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट २३ लाख ६८ हजार राजस्व संकलन भएको छ ।

यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल सात हजार तीन, ट्र्याक्टर ३०६ लगायत आठ हजार नयाँ सवारी साधन दर्ता भएको कार्यालय प्रमुख साहले जानकारी दिनुभयो । सो कार्यालयले आव २०७७/७८ को ६ महिनामा २० करोड २८ लाख २१ हजार राजस्व संकलन गरेको थियो ।-रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: