Skip to content
LAXMI SUNRISE BANK

गुडविल फाइनान्स कम्पनीद्वारा ३.९% नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

अर्थ सरोकार

काठमाडौं । गुडविल फाइनान्स कम्पनीको ३.९% नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीले पुस १५ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको बैंक खाता मात्रै सो लाभांश जम्मा गरेको हो ।
सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीले जनाएको छ । हालसम्म पनि नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनिएको छ । अनि मात्रै अपडेट गरेपछि लाभांश पाइनेछ ।
कम्पनीको पुस २९ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.१% बोनस सेयर र ३.९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK