×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइपीओमा लगानी गर्ने अवसर ! माघ २१ गतेबाट जाल्पा लघुवित्तले ल्याउँदैछ ५ लाख २२ हजार कित्ता आइपीओ बिक्रीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइपीओमा लगानी गर्ने अवसर ! माघ २१ गतेबाट जाल्पा लघुवित्तले ल्याउँदैछ ५ लाख २२ हजार कित्ता आइपीओ बिक्रीमा

Artha Sarokar

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले माघ २१ गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ । यस लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्नेछ । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी