काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चिलिमे हाइड्रोपावरको नाफा २.२४% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २.२४% ले बढेर ४० करोड १२ लाख ३० हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ३९ करोड २४ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २.३५% ले घटेर ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष विद्युत् बिक्रीबाट यसले ६३ करोड ९९ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै यसअवधिमा खुद ब्याज आम्दानी ७५.५४% ले बढेर ३ करोड ८२ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष ४५ करोड १३ लाख ३२ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी यो वर्ष ४२ करोड ६० लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्