×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मेलम्चीको पानी ल्याउन कार्ययोजना बनाएर काम भइरहेको छ’: मन्त्री चौधरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘मेलम्चीको पानी ल्याउन कार्ययोजना बनाएर काम भइरहेको छ’: मन्त्री चौधरी

Artha Sarokar

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतको मसन्तसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिए । मन्त्री चौधरीले भने, “अहिले त्यहाँ १२ वटा स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाई अहोरात्र काम भइरहेको छ । प्रत्येक सात दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्थासमेत गरिएको छ ।”

अस्थायीरुपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा काठमाडौं उपत्यकामा आउने विश्वास दिलाउँदै उनले एशियाली विकास बैंकको अध्ययन प्रतिवेदनका आधारमा स्थायी सरचनालाई अघि बढाउने जानकारी दिए।

आयोजनाको बाँध र सुरुङको काम अहिले भकाभक भइरहेको बताउँदै उहाँले वर्षायाममा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बाँध क्षेत्रमा पूर्वअनुमान चेतावनी संयन्त्र जडान गरिने जानकारी दिए । गत असार १ गते आएको बाढीले काठमाडौं ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पुर्याएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी