Skip to content
LAXMI SUNRISE BANK

घलेम्दी हाइड्रोपावरद्धारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

अर्थ सरोकार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा घलेम्दी हाइड्रोपावरले २० लाख ७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । गत वर्ष कम्पनी ९६ लाख ७२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी १२.६६% ले घटेर १ करोड ६४ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले १ करोड ८८ लाख ७४ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।

यस्तै हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । यस्तै, रिजर्भ कोषमा भने १५ लाख ४४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ २८ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK