काठमाडौँ । स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहण कार्कीले निर्वाचनको मिति तय भएसँगै अव सेयर बजारमा उछाल आउने बताएका छन् । अर्थ सरोकार डटकमको नियमित टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
साथै उनले अब बजारमा पैसाको खोलो बग्ने हुनाले तरलता संकट हट्ने र निर्वाचनको माहोलसँगै अव बजार तीब्र सुधारको लयमा जाने विश्वास व्यक्त गरेका हुन् । सेयर बजारलाई कसैले हस्तक्षेप नगरी स्वतन्त्र रुपमा चल्न दिनुपर्ने उनले बताए । प्रस्तुत छ उनिसँग गरिएको यो विशेष कुराकानी :