Skip to content
LAXMI SUNRISE BANK

सामाज लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न, तीन सञ्चालक निर्विरोध निर्वाचित

अर्थ सरोकार

काठमाडौं । सामाज लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा जानकी फैमली होटल एण्ड पार्टी प्यालेस, मलंगवा, सर्लाहीमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले संस्थापक समूहको तर्फबाट तीन जना सञ्चालकमा सरोज कुमार महतो, सन्तोषी महतो र सुरेश साह निर्विरोध निर्वाचित भएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK