Skip to content
LAXMI SUNRISE BANK

दोस्रो त्रैमासमा घरेलु लघुवित्त वित्तीय संस्थाको खुद नाफा घट्यो, प्रतिसेयर आम्दानी २० रुपैयाँ ७३ पैसा (विस्तृत विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा समता घरेलु लघुवित्त वित्तीय संस्थाले ३ करोड ५५ लाख २७ हजार रुपैयाँमा खुद नाफा कमाएको छ । कम्पनीले वित्तीय विवरण सर्वाजनिक गर्दै  यसअवधिमा खुद नाफा २.४३% ले घटेर ३ करोड ५५ लाख २७ हजार रुपैयाँमा सीमित भएको जनाएको हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ६४ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी ८७.९७% ले बढेर ११ करोड ७१ लाख ४४ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४७३.४५% ले बढेर १ करोड ९७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २६ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK