काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने जानकारी गराएको हो ।
उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक कम्पनीका संस्थापक सेयरधनीले यो सुचना जारी गरेको आज आइतबारको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित केन्द्रिय कार्यालय धनुषममा सम्पर्क गर्न सक्नेछन् ।
उक्त समयमा संस्थापक सेयर खरीद गर्न कुनै पनि निवेदन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई खरीद प्रक्रिया अगाडि बढाउने जानकारी गराएको छ ।