काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६.१७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२८ कम्पनीको १ करोड ०६ लाख ५१ हजार ७५४ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ५४ करोड ४९ लाख ९३ हजार २८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ५४ करोड ४९ लाख ९३ हजार २८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, अरुण काबेली पावर, शिखर इन्स्योरेन्स, नेपाल कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा नेपाल हाइड्रो डेपलोर्पसका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, साहस उर्जा कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । विनको सेयरमा यस्तो गिरावट आउँदा नेपाल लाइफ इन्स्योरेन्स, बुद्ध भुमी नेपाल हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्