×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारदेखि इमर्जिङ नेपालको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बिक्रीमा आउने, फागुन १ गतेसम्म आवेदन सकिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबारदेखि इमर्जिङ नेपालको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बिक्रीमा आउने, फागुन १ गतेसम्म आवेदन सकिने !

Artha Sarokar

२४ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इमर्जिङ नेपालले बुधबार (माघ २६ गते)देखि ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा सो आइपीओ बिक्रीमा ल्याउन लागेको हो । जसमा २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ लाख ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले सो आइपीओमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा आइपीओ बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ ।
बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी