Skip to content
LAXMI SUNRISE BANK

लोलङ हाईतमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको समुद्धघाटन

अर्थ सरोकार

काठमाडौं । नेपालभर ईन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौं बालाजु को लोलङ हाईतमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । माघ २३ देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन बालाजु इलेक्ट्रिक ट्रेडर्सले गर्नेछ ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापा को उपस्थितिमा सम्पन्न भएको थियो ।विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ।

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने बालाजु इलेक्ट्रिक ट्रेडर्सका संचालक मानव श्रेष्ठ ले जानकारी दिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK