काठमाडौं । साताको कारोबारको तेस्रो दिन मगंलबार सुनको मूल्य बढेको छ । सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ८ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम गरेको छ ।