Skip to content
LAXMI SUNRISE BANK

सानिमा जनरल इन्स्योरेन्सको खुद नाफामा ९५.६५% को बढोत्तरी, खुद बिमा शुल्क आर्जन पनि ७३.२८% ले बढ्यो !

अर्थ सरोकार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सानिमा जनरल इन्स्योरेन्सको ९५.६५% ले बढेको छ । कम्पनीले ५ करोड ८० लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको यसै अवधिमा यसले २ करोड ९६ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै एक वर्षको अवधिमा बिमा कोषको आकार ७०.४२% ले बढेर १२ करोड १८ लाख १५ हजार रुपैयाँ पुगेको छ भने खुद बिमा शुल्क आर्जन ७३.२८% ले बढेर १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६८ पैसाले बढेर ११ रुपैयाँ ६२ पैसा पुगेको छ । साथै प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ३ पैसा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK