×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डीडीसीको महाप्रबन्धक पौडेलको कार्यकाल सकिँदै, नयाँ महाप्रबन्धकका लागि दरखास्त आह्वान 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डीडीसीको महाप्रबन्धक पौडेलको कार्यकाल सकिँदै, नयाँ महाप्रबन्धकका लागि दरखास्त आह्वान 

Artha Sarokar

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले दूग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डीडीसीका महाप्रबन्धक रुद्र पौडेलको कार्यकाल सकिनु अघिनै दरखास्त आह्वान गरेको हो ।
पौडेलको दुई वर्षे कार्यकाल आगामी फागुन २५ गतेदेखि सकिँदैछ । डीडीसीको महाप्रबन्धक बन्नका लागि सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३ उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा दश वर्षेको कार्य अनुभवका साथमा दुग्ध विकास संस्थानको वर्तमान अवस्था, चुनौती र सुधारका विषय समेटिएको बढीमा ५ हजार शब्दको व्यावसायिक कार्ययोजनासमेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
दरखास्त दिने इच्छुकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने कागजातको प्रतिलिपि, वैयक्तिक विवरण, एक प्रति पासपोर्ट साइजको फोटोका साथमा रु तीन हजार शुल्क लाग्नेछ । मन्त्रालयले २१ दिनको अवधि राख्दै मंगलबार दरखास्त आह्वान गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी