काठमाडौं । सुजुकीले नेपाली ग्राहकहरुका लागि ‘वर्कसप अन ह्वील’ सुरु गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेताले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप अन ह्वील सुरु गरेको हो ।
स्मार्ट वर्कसपको नया पहलले सुजुकी ग्राहकहरुले आफनो घर दैलोमा नै सवारी मर्मत गराउन सक्ने छन् । कम्पनीको अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत तथा अरु गाडी सम्बन्धि कार्यहरु गर्नेछ । सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठका अनुसार ,’यो नया पहल हाम्रो ग्राहक माझमा ल्याउन पाउदा हामी हर्षित छौँ ‘ । यो चार पांग्रे सवारी मा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ ।
यो सुबिधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थान मा पुगी सेवा दिनेछ । यो सेवा हाल काठमाडौं, पोखरा, भैरहवा र नारायणघाटमा उपलब्द छ र चाडै नेपालका सम्पूर्ण प्रमुख सहरमा उपलब्द हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्