×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाइफ इन्स्योरेन्सको खुद नाफामा ६९.३६% को बढोत्तरी, जीवन बिमा कोषको आकार ७३.५२% ले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा लाइफ इन्स्योरेन्सको खुद नाफामा ६९.३६% को बढोत्तरी, जीवन बिमा कोषको आकार ७३.५२% ले बढ्यो

२७ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको खुद नाफा ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ६९.३६% ले बढेर ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ पुगेको जनाएको हो। अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै पुस मसान्तसम्म कम्पनीले जीवन बिमा कोषको आकार ७३.५२% ले बढाएर २ अर्ब ८२ करोड ९५ लाख ५० हजार रुपैयाँ पुर्याएको छ । एक वर्षको अवधिमा कम्पनीको खुद बिमा शुल्क २१.५२% ले बढेर १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ पुगेको छ ।
साथै पुस मसान्तसम्म आइपुग्दा सानिमा लाइफको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी