काठमाडौं । बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार बोटलर्स नेपाल (बालाजु) ले ३५ करोड ८४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने बोटलर्स नेपाल (तराई) ले ३० करोड २२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
बोटलर्स नेपाल (बालाजु) ले सञ्चालन आम्दानी ३ अर्ब ६० करोड ९५ लाख रुपैयाँबाट बढाएर ४ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ पुर्याएको जनाएको छ । हाल यसको चुक्ता पूँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ४ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी बढेर वार्षिक ३३९ रुपैयाँ कायम भएको छ । गत वर्ष भने प्रतिसेयर १५ रुपैयाँ ऋणात्मक रहेको छ ।
यता बोटलर्स नेपाल (तराई) ले सञ्चालन आम्दानी बढाएर ३ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ पुर्याएको छ । हाल यसको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ८८ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर वार्षिक ५०० रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २ हजार ४८६ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्