×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्तको खुद नाफामा ७६३.७३% को छलाङ, प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३८ पैसाले बढ्यो (विवरणसहित)

PRIME CA

निर्धन उत्थान लघुवित्तको खुद नाफामा ७६३.७३% को छलाङ, प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३८ पैसाले बढ्यो (विवरणसहित)

अर्थ सरोकार

२८ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं ।  निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा ७६३.७३% ले बढेर ४९ करोड ३९ लाख ९५ हजार रुपैयाँ पुगेको जनाएको हो । गत वर्ष यसै अवधिमा भने ५ करोड ७१ लाख ९३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै पुस मसान्तसम्म आउँदा खुद ब्याज आम्दानीमा सामान्य सुधार भएपनि सञ्चालन नाफा ७५९.३७% ले बढेको छ ।कम्पनीको रिजर्भ कोष सामान्य घटेर १ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढी रहेको छ भने चुक्त पूँजी २९.५०% ले बढेको छ ।
प्रतिसेयर आम्दानी पनि ३७ रुपैयाँ ३८ पैसाले बढेर ४५ रुपैयाँ १ पैसा पुगेको छ । पुस मसान्तसम्म निर्धनको प्रतिसेयर नेटवर्थ भने १९६ रुपैयाँ १९ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: