झापाको भद्रपुरस्थित जिल्ला कारागारका बन्दीहरुले तयार गरेका मुडा काठमाडौँ सहितका बजारमा बिक्रिका लागी गाडीमा लैजाँदै ।
तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा सञ्चालित सिलाइकटाइ तालिममा सहभागी महिलाहरु । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० को आयोजनामा सञ्चालित तालिममा २० महिलाको सहभागिता छ ।
तुलसीपुर उपमहानगरपालिका– ५, ‘ङ’ लाइनस्थित चप्पल गोदाममा गएराति २ बजे आगलागी हुँदा पाँच जनाको मृत्यु । मृत्यु हुनेमा तुलसीपुर– ५ का करिब १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली र ६ वर्षीय आविददिन अलि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
डडेल्धुराको एक फर्निचर उद्योगमा आगलागी भएको छ । जिल्लाको अमरगढी नगरपालिकास्थित तुफानडाँडा नजिक रहेको रविन काष्ठ उद्योग र देवलक्ष्मी मल्टी सप्लायर्स फर्निचर उद्योगमा आगलागी भएको हो । उक्त सप्लायर्स विगत लामो समयदेखि उद्योग सञ्चालन गरिरहेका लोकराज शर्माको रहेको प्रहरीले जनाएको छ । आगो करिव साढे १ बजे नियन्त्रणमा लिइएको भएपनि आगलागीबाट काठहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए । आगलागी के, कसरी भयो भन्ने बारेमा थप बिवरण आउँन बाकी रहेको उनले बताए ।
निभे दाङका ईट्टा उद्योग । बर्षादले गर्दा पकाउन तयारी अवस्थामा राखेका ईट्टा बिग्रिएपछि अहिले दाङका सबै उद्योग निभ्न थालेका छन् ।
शुक्लाफाँटा नगरपालिका– ३ का महिला परम्परागत माटाका खाना पकाउने चुलो निर्माण गर्दै । विवाह, भोजभतेर र घरायसी प्रयोगजनका लागि परम्परागत माटाका चुलोको प्रयोग हुने गरेको छ ।