
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले लेहङ्गा चोली बिक्रीबाट मनग्य आम्दानी गर्दै टीकापुरका राजबन्धु चौधरीदेखि पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप आज आइतबारदेखि सर्वसाधारणका लागि खुला गरिएकोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
थारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन लेहङ्गा बिक्री गर्न देखाउँदै कैलाली, टीकापुरका राजबन्धु चौधरी । उहाँले लेहङ्गा चोली बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप । कोभिड– १९ का कारण नौ महिनादेखि बन्द स्तूप आइतबारदेखि सर्वसाधारणका लागि खुला ।
काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको पर्यटकीय क्षेत्र नगरकोटमा बनेका होटलहरु । यहाँबाट हिमालय श्रृंखलाहरुका साथै विहानीको सूर्योदयको दृश्य र वरिपरिका मनोरम दृश्यहरु अवलोकन गर्न सकिने भएकाले बाह्य तथा आन्तरिक पर्यटकहरुको लागि सुविधा सम्पन्न होटलहरु बनेका छन् ।

तालतलैयामा हुने पटेरो नामक घाँसबाट बनाइएको गुन्द्री बेच्नका लागि कञ्चनपुरको झलारी बजारमा हिँड्दै गरेका व्यापारी ।

एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा बनाइन लागेको सडक विस्तारका लागि किनारामा रहेका रुखहरु ड्रेन बनाउनका लागि व्याकहो लोडरको सहायताले हटाउँदै ।

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ फावाखोलास्थित पाथीभरा सिम्बु सामुदायिक वनबाट फैलिएको आगलागी नियन्त्रणमा देखिएका प्रहरी । शनिबार दिनभर स्थानीयबासीसहित नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले आगो निभाउने कार्य गरे पनि आगलागी अझै नियन्त्रणमा आएको छैन ।

बाग्लुङको काठेखोला गाउँपालिका– ५ बिहुँकोटस्थित शिवधुरी सामुदायिक होमस्टे ९घरवास० मा पर्यटकको स्वागतार्थ बसेका सर्वसाधारण ।

तनहुँको म्याग्दे गाउँपालिका–४ मा रहेको इँट्टाभट्टाबाट निस्किएको धूँवा । बस्ती नजिक इट्टाभट्टा सञ्चालन गरिँदा यहाँबाट निस्कने धुँवाले वातावरण प्रदूषित बनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्