काठमाडौं । पेट्रोल छर्केर टयाक्सी जलाउन खोज्ने प्रदर्शनकारी पक्राउ परेका छन् । नेपाल बन्दको उल्लंघन गरेको भन्दै काठमाडौंको कोटेश्वर चोकमा प्रदर्शनकारीले पेट्रोल छर्केर टयाक्सी जलाउन खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा प्रहरीको बाक्लो उपस्थिती रहेको छ भने कोटेश्वर, सातदोबाटो लगायतका विभिन स्थानमा प्रदर्शनकारीहरुले नाराबाजी गरिरेका छन् । यस्तै राजधानीका विभिन्न स्थानबाट दुई दर्जन भन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको छ । शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाइएपनि भौतिक क्षती हुनेगरी प्रदर्शनकारी उत्रिएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यद्यपी देशभरका अधिकांस स्कुलहरु बन्द भएका छन् भने सार्वजनिक गाडीहरु र निजी गाडीहरु भने केहि मात्रामा चलेका छन् । एमसीसी संसदमा टेबुल हुने भएपछि विप्लब नेतृत्वको नेकपा सहितका विभिन्न ६ दलीय कम्युनिष्ट गठबन्धनले बुधबार नेपाल बन्दको घोषणा गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्