×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने माछापुच्छ्रे बैंकको डेपुटी सीईओमा बढुवा, नायव महाप्रबन्धकमा अर्याल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने माछापुच्छ्रे बैंकको डेपुटी सीईओमा बढुवा, नायव महाप्रबन्धकमा अर्याल

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माछापुच्छ्रे बैंकले सर्जुकुमार थापा र विश्वम्भर न्यौपानेलाई नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा बढुवा गरेको छ ।  दुई दशकभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा आबद्ध रहेका थापा र न्यौपानेलाई बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा बढुवा गरेको हो ।
यता बैंकले प्रसिद्धराज अर्याललाई नायव महाप्रबन्धक पदमा बढुवा गरेको छ । नायव महाप्रबन्धक पदमा बढुवा भएका अर्यालसँग पनि करिब दुई दशकदेखि बैंकिङ क्षेत्रमा काम गरेको अनुभव रहेको छ । अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी