- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । बिहिबारको तुलनामा बजार ३९.९८ अंकले घटेर १९९८.६५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०४ कम्पनीको ७९ लाख ३६ हजार ४९७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४७ करोड ४१ लाखमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस बैंकको ६५ करोड ३८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश नबिल बैंक र एनआइसी एसिया बैंकको भएको छ । आज सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले कमाएका छन् भने विशाल बजारका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।