Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंक र गोल्डस्टार बिच सम्झौता, ई–कमर्स साईटबाट जुत्ता खरिद गर्दा १५% छुट

अर्थ सरोकार

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै समयअनुकुल आफ्ना ग्राहकहरुका लागि विभिन्न छुट सम्बन्धि  सम्झौता गरेको हो । सम्झौता अनुरुप यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५%  छुट प्राप्त गर्नछन् ।

छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुने छैन। हाल गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK