×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब, तराई–मधेश द्रुत मार्ग कहिले सम्पन्न हुन्छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब, तराई–मधेश द्रुत मार्ग कहिले सम्पन्न हुन्छ ?

Artha Sarokar

११ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुगेको छ । सेनाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०७८ असार मसान्तसम्म कोषको यथार्थ सम्पती रु ५९ अर्व ९५ करोड ८९ लाख रहेको जानकारी दिएको हो । हाल कोषको नगद मौज्दात रु ५४ अर्व १२ करोड ७५ लाख रुपैया रहेको छ भने कोष अन्तर्गतका निकायहरुमा ५ अर्व ८३ करोड १४ लाख रुपैया लगानी भएको सैनिक कल्याणकारी महानिर्देशनालयका सह निर्देशक महासेनानी पुरन घलेले जानकारी दिनुभयो । उहाले सैनिक कल्याणकारी महानिर्देशनालय अन्र्तगत सैनिक तथा भूपू सैनिक केन्द्रीत कार्यक्रम गरिएको बताउनुभयो ।
त्यस्तै सेनाले बजेट सुनिश्चित र अरु कुनै आकस्मिक समस्या नआए तोकिएको समयमा नै तराई–मधेध द्रुत मार्ग (फास्ट ट्र्याक) आयोजना सम्पन्न हुने बताएको छ । पत्रकार सम्मेलनमा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले आयोजनाका बिषयमा देखिएको समस्याहरु क्रमश समाधान भइरहेको र २०८१ को पुस महिनासम्‍ममा निर्माण सकिने दावी दावी गर्नुभयो । उहाले आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्नका लागि डिजाइनको निर्माण सकिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेपाली सेनाले मातहतका निर्देशनालयबाट भएका कामका बारेमा जानकारी दिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी