×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बीमा संस्थान ५५औँ वर्षमा प्रवेश, संस्थानलाई प्रतिस्पर्धी बनाउने प्रतिवद्दता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रिय बीमा संस्थान ५५औँ वर्षमा प्रवेश, संस्थानलाई प्रतिस्पर्धी बनाउने प्रतिवद्दता

११ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय बीमा संस्थान ५५औँ वर्षमा प्रवेश गरेको छ । सो संस्थाबाट हालसम्म ६ लाख ३८ हजार ७९३ जनाले बीमा सेवा लिएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५ करोड बीमा शुल्क सङ्कलन गर्नुका साथै १९ जीवन बीमा कम्पनीमा संस्थानको बजार हिस्सा ८ दशमलव ५३ प्रतिशत रहेको छ । संस्थाको शाखा २२ पुगेको छ । यो वर्षभरिमा शाखा २८ पु¥याउने संस्थानको उद्देश्य छ ।
वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासैनीले संस्थानमा देखिएका विभिन्न समस्या समाधान गर्दै संस्थानलाई प्रतिस्पर्धी संस्थाको रुपमा विकास गर्नुपर्न बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ प्रविधि र प्रणालीको भरपुर प्रयोग गर्दै बीमा व्यवसायलाई अझ विस्तार गर्नुपर्ने छ, प्रतिस्पर्धी बनाउनुपर्ने छ, त्यसका लागि सरकार, कर्मचारी र सम्वद्ध सबै सरोकारवाला निकाय प्रतिबद्ध भएर लाग्नुपर्ने छ ।” ग्रामीण क्षेत्रमा सचेतनासँगै बीमा शिक्षालाई घर घरमा पु¥याउनुपर्ने उहाँको भनाइ छ ।
संस्थानका कार्यवाहक अध्यक्ष वसन्तराज पाण्डेले लेखा परीक्षण, संस्थानको साधारणसभा र कर्मचारीको वृत्ति विकासमा देखिएका सबै समस्याको समाधान गर्दै कर्मचारीलाई प्रोत्साहन हुने नीति ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । योसँगै बीमा व्यवसाय विस्तार, संस्थानको संरचना परिर्वतन, अभिकर्ताको वृत्तिविकास तथा प्रोत्साहन गर्ने नीति ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।
एक करोड अधिकृत पुँजीमा स्थापना गरिएको कम्पनीले २०३४ साल फागनु ११ गतेदेखि व्यावसायिक कारोबार सुरु गरेको थियो । अहिले संस्थानले सावधिक जीवन बीमा योजा, बालबच्चाको शिक्षा र विवाह सावधिक जीवन बीमा, अग्रिम भुक्तानी जीवन बीमा, दोहोरो लाभ जीवन बीमा र राष्ट्रसेवक सावधिक जीवन बीमा लागयतका योजना अघि सारेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी