
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले सुन्धारामा अवस्थित पुनःनिर्माणाधीन धरहराको २०औँ तलाबाट देखिएको काठमाडौँदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा झोल साबुन बनाउने सीप विकास तालिम लिँदै गरेका दृष्टि विहीन नागरिकहरु सम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
सुन्धारामा अवस्थित पुनःनिर्माणाधीन धरहराको २०औँ तलाबाट देखिएको काठमाडौँ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा झोल साबुन बनाउने सीप विकास तालिम लिँदै दृष्टि विहीन नागरिकहरु । फुङलिङ नगरपालिकाको आर्थिक सहयोग र नेत्रहिन सङ्घ ताप्लेजुङको आयोजनामा सञ्चालित पाँच दिने तालिममा १० जना सहभागी छन् । नेत्रहिन सङ्घको पहलमा दृष्टि विहीनका लागि जिल्लामा पहिलो पटक उक्त सीप विकास सम्बन्धी तालिम आयोजना भएको बताइएको छ ।

लमजुङ बेँसीशहर नगरपालिका वडा नं ८ नारायणस्थानचोक सडक छेउमै ग्राहकको चप्पल सिलाउँदै भारतीय एक पुरुष । विगत दुई दशकदेखि यहाँ चुत्ता, चप्पल सिलाएर परिवार पाल्दै आउनुभएको छ । तर कोभिडका कारण यतिबेला आम्दानी राम्रो हुन नसक्दा परिवारको गुजारा चलाउनलाई धौ धौ भएको छ ।

जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित नारिङ्गेमा निर्माण गर्न लागिएको म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने दम्पती कृष्ण र सावित्रा वाग्ले । उनीहरुले करिब रु। दश लाख मूल्य बराबरको एक रोपनी एक आना, एक पैसा एक दाम जग्गा उपलव्ध गराउनुभएको हो ।

नेपाल टेलिकमले बागलुङ नगरपालिका–८ सिगानामा फोरजी सेवा विस्तारका लागि टावरको क्षमता विस्तार गर्न हालै निर्माण गरेको टावर ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको लमही नगरपालिका– ८ सतबरियामा सिँचाइको अवस्था बुझ्दै प्राविधिक ।

बेँसीशहर नगरपालिकाको आर्थिक सहयोगमा नगरको रिङरोड बुधबार सडक कालोपत्रे गर्दै । नगरपालिकाले यस वर्ष पाँच वडा सडक कालोपत्रे गर्न लागेको छ ।

लमजुङ बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला प्रशासन कार्यालय परिसरमा बुधबार राष्ट्रिय परिचय पत्र बनाउनका लागि पालो कुर्दै सेवाग्राही । यस जिल्लामा चार महिनाअघिबाट परिचय पत्र बनाएकाहरुले समेत हालसम्म परिचय पत्र प्राप्त गर्न सकेको छैन ।

जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित नारिङ्गेमा आयोजित एक कार्यक्रममा बुधबार कौरा नृत्य गर्दै बाल कलाकार । तनहुँ कौरा नृत्यका लागि लोकप्रिय मानिन्छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्