काठमाडौँ ।नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीको खटिएको छ । बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले जनाएको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । सो कुकरमा नो एमसीसी लेखिएको छ ।