Skip to content
LAXMI SUNRISE BANK

देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो, १४ तस्विरमा हेर्नुहोस् महाशिवरात्रीको उल्लासमय माहोल (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौँ । महाशिवरात्रिको अवसरमा मंगलबार बिहानैदेखि देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्पराअनुसार  पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा दर्शनार्थीको घुइँचो लागेको हो ।
शिवरात्रिको दिन बिहानै नुहाइधुवाइ गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गङ्गाजल, गाईको दूध र सखरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ । त्यसैगरी अविवाहिता महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ । बाँकी फोटोमा :
 
 
 
 
 
 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK