काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तिय साक्षरतालाई अवलम्बन गर्दै सन्राइज बैंकको फर्पिङ्ग शाखाले फाल्गुन २० गते दक्षिणकालीमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन्राइज बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युट संग सहकार्य गरी आयोजना गरेको हो ।
करिब १०० जना स्थानिय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरुको सहभागीता रहेको उक्त कार्यक्रमले बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ्ग, डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली, लगायतका विषयमा साक्षरता प्रदान गरेको थियो । कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपाल, नेशनल बैंकिङ्ग इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी र बैंकका अन्य प्रतिनिधिहरुले बिभिन्न विषयमा सहभागीहरुलाई साक्षरता प्रदान गरेका थिए । केही समय अघि सन्राइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा डिजिटल बैंकिङ्ग गर्न प्रोत्साहन गरी डिजिटल दक्षिणकाली अभियान समेत गरेको थियो ।
सन्राइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्