काठमाडौँ । अरुलाई अनुशासनको पाठ पढाउने नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अधिकारीहरुनै प्रचलित व्यवस्था विपरित काम गर्दै हाकिमको चाकडीमा लिप्त भएको पाइएको छ । सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ को व्यवस्था विपरित नेपाल धितोपत्र बोर्डका अधिकारीले हाकिमको चाकडी गर्नकै लागि पांचतारे होटेलमा कार्यक्रम गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।
सरकारले केहि समय अगाडिमात्रै सार्वजनिक गरेको निर्देशिका मान्ने हो भने धितोपत्र बोर्डले यस्तो कार्यक्रम पाँच तारे होटेलमा गर्न पाउँदैन । प्रचलित व्यवस्थाको धज्जी उड्ने गरी सेबोनका अधिकारीले सोमबार १२ बजे काठमाडौं सोल्टिमोडस्थित सोल्टी होटेलमा कार्यक्रम रहेको भन्दै आइतबारनै सञ्चार माध्यमहरुलाई निमन्त्रणा पठाएका थिए ।
सरकारले वित्तीय हिसाबले मुलुक जटिल अवस्थामा रहेको भन्दै सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ जारी गरेको थियो । सो अनुसार सरकारी संघसंस्थाले तालिम, गोष्ठी तथा सेमिनार गर्दा सकेसम्म मितव्ययिता अपनाउनु पर्ने थियो । तालिम, गोष्ठी, सेमिनार, छलफल, बैठक अन्तरक्रियालगायतका कार्यक्रम सकेसम्म अनलाइन प्रविधिको माध्यमबाट सञ्चालन गर्नु पर्ने मापदण्डमा रहे पनि त्यसको कुनै हेक्का नराखी आफ्नो वाहिवाहीका लागि बोर्डका अधिकारीले यस्तो हर्कत गरेका हुन् ।
तथापि, बोर्डका अध्यक्ष रमेशकुमार हमालको पहिलो पत्रकार सम्मेलन भएकाले पांचतारे होटेलमा कार्यक्रमको आयोजना गरिएको बताएइको छ । त्यसो त कुनै कार्यक्रम गर्नको लागि धितोपत्र बोर्डको आफ्नै भवन छैन । यसो त धितोपत्र बोर्डका अधिकारीले यस पटक मात्रै मापदण्ड विपरित चलेका हुन् । बोर्डका अधिकारी पटक-पटक मापदण्ड विपरित चल्नुका साथै विवादितसमेत बनिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्