×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड हुँदै, कतिले पाउँदैछन् सेयर ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड हुँदै, कतिले पाउँदैछन् सेयर ?

Artha Sarokar

२४ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार दिउँसो १ बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आइपीओ येलो पेगोडा होटल, जमल काठमाडौंमा गर्ने जनाएको हो । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भएको थियो ।
लघुवित्त आइपीओमा मागभन्दा ३९.०२ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ७७ हजार ४५६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुनेछ । यसमा कुल २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।
नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । कम्पनीको आइपीओको रिजल्ट सेयर हब, कम्पनीको वेइबसाइट, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।
सेयर हबबाट कसरी हेर्ने नतिजा ?
१) नतिजा हेर्नको लागि सेयर हब एप डाउनलोड गर्नुहोस्
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोस् र त्यसपछि ipo result मा जानुहोस्
४) आफ्नो डिम्याट नम्बर हानि कम्पनी छान्नुहोस्
५) त्यसपछि तपाइले आफ़्नो नतिजा हेर्न सक्नुहुनेछ।
(नोट: आइपीओ बाँडफाँड बहेको केहिसमय पछि मात्र नतिजा सार्वजनिक हुनेछ)
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी