Skip to content
LAXMI SUNRISE BANK

आइपीओ निष्कासन गर्ने एजेन्डासहित सिटिजन लाइफको चौंथो वार्षिक साधारणसभा चैत ११ गते हुँदै, अन्य एजेन्डा के-के छन् ?

अर्थ सरोकार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा चैत ११ गते हुने भएको छ । सभा अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने भएको हो ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । यस्तै सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ ।
आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभा अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK