×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र उत्थान लघुवित्तको आइपीओ आइपुग्यो सेयरधनीको डिम्याट खातामा, कारोबार संकेत के छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र उत्थान लघुवित्तको आइपीओ आइपुग्यो सेयरधनीको डिम्याट खातामा, कारोबार संकेत के छ ?

Artha Sarokar

२५ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ सेयरधनीको डिम्याट खातामा आएको छ । आरयूएलबी स्टक संकेतमा डिम्याट खातामा देखिएको हो । कम्पनीले आइपीओको बाँडफाँड फागुन १२ गते गरेको थियो ।
कम्पनीको आइपीओमा कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो भने गोलाप्रथाद्वारा ७९ हजार ४५० जनाले १० कित्ताका दरले आइपीओ पाएका थिए ।
कम्पनीले फागुन ४ गतेदेखि ८ गतेसम्म ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । कम्पनीले जसमध्ये ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि, १३ हजार कित्ता कर्मचारीको लागि छुट्याएर बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी