Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको ५ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा, नपाउनेले के गर्ने ?

अर्थ सरोकार

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले सेयरधनीको खातामा ५ प्रतिशत नगद लाभांश जम्मा गर्न थालेको छ । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न कम्पनीले भनेको छ ।

अपडेट गरेपछि मात्र लाभांश पाइने भएको छ । नेशनलको गत माघ ६ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद सेयरधनीको खातामा पठाइएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK